नवलपरासी । मधेसी मोर्चाका कार्यकर्ताले नवलपरासीकोे सनई गाविस-९ पडरीमा एक युवकलाई पेट्रोल छर्केर आगो लगाइदिएका छन् ।
रुपन्देही गाविस फसाटिकर घर भएका ३० वर्षीय घिराउ यादवलाई स्थानीय मोर्चाका कार्यकर्ताले पेट्रोल छर्केर आगो लगाइ दिएका हुन् आगोले जलेर घाइते भएका यादवकोे पृथ्वीचन्द अस्पतालमा उपचार भइरहेको छ ।
यादब बिहान आफनो फुपुको घरबाट घर फर्कने क्रममा मोर्चाका कार्यकर्ताले मोटरसाइकन र उनलाई आगो लगाइदिएको प्रहरीले जनाएको छ।
युवकलाई आगो लगाइलिने मध्ये मार्चाको एक कार्यकर्ता राजेश सैथवार लाई प्रहरीले पक्राउ गरेको छ । सैथवारमाथि थप अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।
nepalsandesh
