बाबुरामको भण्डाफोर गर्न कार्यकर्तालाई प्रचण्डको लिखित निर्देशन

काठमाडौं, १६ मंसिर । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टी परित्याग गरेर नयाँ शक्ति निर्माणको प्रक्रियामा लागेका डा. बाबुराम भट्टराईको भण्डाफोर गर्न कार्यकर्तालाई लिखित निर्देशन दिएका छन्।
मंगलवारदेखि सुरु भएको पार्टी केन्द्रीय समितिको बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै दाहालले अचानक पार्टी परित्याग गरी नयाँ शक्तिको बहसमा लागेका भट्टराई नियोजित रुपमा अघि बढेको निष्कर्ष निकालेका छन् । नियोजितरुपमा लागेका भट्टराईबिरुद्ध लिखित रुपमै भण्डाफोर गर्न निर्देशन दिएका हुन् ।
भण्डाफोरको निर्देशन दिए पनि दाहालले सैद्धान्तिक विरोधका सन्दर्भमा व्यक्तिगत गाली गलैज, लान्छना र चरित्र हत्या गर्ने शैलीलाई नअपनाउन कार्यकर्तालार्इ निर्देशन दिएका छन्।
भट्टराईको पार्टी परित्याग आकस्मिक नभई नियोजित रूपमा भएको  दाहालको प्रतिवेदनमा उल्लेख छ। बाबुराम भट्टराईको पार्टी परित्यागको निर्णय कुनै आवेगमा आएर भूलबस गरिएको निर्णय होइन बरु नियोजित रुपमा चालिएको कदम हो, जसबाट यो निर्णयका पछाडिको गम्भीरतालाई स्पष्ट हुन्छु दाहालको निष्कर्ष आएको छ, त्यसमाथि नयाँ संविधानप्रति भारतको असन्तुष्टि र नेपालमाथि लगाइएको अघोषित नाकाबन्दी कै समय छानेर पार्टी परित्यागको घोषणा गर्नुले प्रश्न अझ गम्भीर बन्न गएको छ। नागरिक दैनिकमा समाचार छ ।
yeskathmandu

Write Comment Below: