यी हुन् प्रेमिका ल्याउन चार छोराछोरी हत्या गर्ने बाबु

मुगु, १६ मंसिर । आफूले जन्माएका चार छोराछोरी हराएको नाटक गरी हत्या गर्ने ह्याङ्गलु–६ रिगा गाँउका नन्दबहादुर रोकायाले प्रेमिकाकै कारण छोराछोरीको हत्या गरेको खुलेको छ ।
असोज ९ गते हराएको नाटक गरेका रोकायाले सोही दिन बिहान चार बजे श्रीमती पिरल सल्लाको पात लिन मेलामा गएको मौकामा सुतिरहेका चारैजना छोराछोरीलाई खरीको फल खानेभन्दै उठाएर ज‌ंगलमा लगेर हत्या गरेको अन्नपूर्ण दैनिकले समाचार छापेको छ ।
उनले ९ वर्षीया छोरी सुन्तली रोकाया, छ वर्षका छोरा युवराज रोकाया, ४ वर्षकी छोरी विपना रोकाया र २ वर्षका छोरा दिप रोकायालाई हत्या गरी बारीको डिलमा खाल्डो खनेर मार्नुको कारण प्रेमिका रहेको स्रोतको दाबी छ ।
dainiknepal

Write Comment Below: