सरकारले मंगलबार संसदमा संविधान संशोधन विधेयक पेश गरेपछि बुधबार विहानै मधेसवादी दलका नेताहरुसँग छलफल गर्दै रेले मधेसको माग सम्बोधन हुन्छ कि हुँदैन् भनेर प्रश्न गरेका हुन् ।
राजदूत रे लाई भेट्न गएका संघीय समावेशी मधेसी गठबन्धनका नेताहरुले जवाफमा आफूहरुको नौ बुँदे मागका विषयमा राजदूतलाई जानकारी गराएका थिए । ९ बुँदे माग पुरा गर्न सरकार सकारात्मक देखिएको र संशोधन विधेयकबारे आफूहरुलाई जानकारी नभएको उनीहरुले बताए ।
साथै नेताहरुले मधेसको माग पुरा नभएसम्म आन्दोलन तुहाउने खेल हुन नदिन राजदूत रेलाई आग्रह गरेको भेटमा सहभागी नेता अनिल झाले जानकारी दिए ।
उनका अनुसार राजदूत रेले वार्ताको माध्यमबाटै सबै समस्याको निकास खोज्न सुझाव दिएका थिए । भेंटमा नेताहरू शरद सिंह भण्डारी, जेपी गुप्ता, अनिल झा र राजकिशोर यादव थिए ।
dainiknepal
