साउदी अरबमा ८६ अर्ब अमेरिकी डलरको घाटा बजेट पारित

 मंगलबार, १४ पुष
साउदी अरब। साउदी अरबले आन्तरिक तथा बाह्य ऋणबाट व्यवस्थापन गर्ने गरी ८६ अबै अमेरिकी डलरको घाटा बजेट सन् २०१६ का लागि पारित गरेको अल अरेबियाले जनाएको बताए ।
साउदी अरब सरकारले खर्चतर्फ २२३.९ अर्ब अमेरिकी डलरको र राजस्वतर्फ १३६.९ अर्ब अमेरिकी डलरको व्यवस्था गरी आर्थिक सुधारको प्रयास गर्ने वित्त मन्त्रालयद्वारा जारी एक वक्तव्यमा जनाइएको छ ।
साउदी अरबका वित्त मन्त्रालयले बजेट कार्यान्वयनका क्रममा बैंकिङ क्षेत्रको नगद प्रवाहलाई प्रभावित नगर्ने गरी ऋणको प्रबन्ध गर्ने बताउँदै इन्धनको मूल्यका कारण देखिएको समस्या अरबका लागि ठूलो समस्या नहुने बताइएको छ ।
इन्धन मूल्य देशका लागि खासै मुद्दा हुने छैन किनकी देशले यसलाई वर्षौदेखि सञ्चित मौज्दात नगदबाट व्यवस्थापन गर्नेछ, साउदी राजा सलमान विन अबदुल्लाजिज अल साउदीले बताए ।
यसैबीच, अल एकतिसादिया आर्थिक समाचार सम्बन्धी वेबसाइटले गैरइन्धनको राजस्व ४३ अबै अमेरिकी डलरले बढाइएको र यसबाट तेलको मूल्य समायोजनका लागि तेल उत्पादक राष्ट्रमा पर्नसक्ने दबाबलाई सजिलै घटाउन सकिने बताइएको छ ।
यो साउदी अरबले केही वर्षदेखिको अतिरिक्त घाटाका बाबजुद घाटा बजेट पारित गरेको दोस्रो वर्ष हो ।
nepalsandesh

Write Comment Below: