दिल्लीमा गोली हानेर नेपाली युवाको हत्या

काठमाडौं : भारतको राजधानी नयाँ दिल्लीमा एक नेपाली युवाको आइतबार राति गोली हानी हत्या भएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार दिल्लीको मंगोलपुर कला गाउँमा नेपाली युवाको सोमबार गोली हानी हत्या भएको हो ।

समाचारमा जनाइए अनुसार सिंहबहादुर नामका नेपाली युवाको कला गाउँको गल्ली नम्बर ९ मा अज्ञात समहूले गोली हानेर ज्यान लिएको हो ।


नेपालको ठेगाना खुल्न नसकेका ती युवाको शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ ।

दिल्ली पुलिसले हत्यामा संलग्न अज्ञात हमलाकारीको खोजी थालेको जानकारी दिएको छ ।
annapurnapost

Write Comment Below: