भीषण वर्षाका कारण चेन्नईको जनजीवन अस्तव्यस्त भएको छ ।
बाढीमा परेकाहरुको उद्दारका लागि सरकारले सेना, नौसेना र राष्ट्रिय विपद् बल परिचालन गरेको छ ।
चेन्नईको विमानस्थल डुवानमा परेपछि मंगलबार साँझदेखि बन्द गरिएको छ । वर्षाका कारण रेल र बस सेवासमेत प्रभावित भएका छन् । शिक्षा विभागले शहरका विद्यालय तथा क्याम्पससमेत बन्दको घोषणा गरेको छ ।
भारतीय सञ्चारमाध्यमहरुले भीषणा वर्षाका कारण चेन्नईमा विद्युत् सेवासमेत बन्द भएको जनाएका छन् । मौसम विभागले आगामी ४८ घण्टासम्म पानी पर्ने अनुमान गरेको छ ।
nepalsandesh
