जनकपुर । तराईमा पछिल्लो तीन महिना देखि आन्दोलन गर्दै आएका चार वटा मधेस केन्द्रित दलहरुले नयाँ मोर्चा बनाएका छन् ।
नयाँ मोर्चा बनाउने हरुमा शरत सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी, राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम गणतान्त्रिक, अनिल झा नेतृत्वको नेपाल सदभावना पार्टी र जयप्रकाश प्रसाद गुप्ता नेतृत्वको तराई मधेस राष्ट्रिय अभियान रहेको ।
नयाँ मोर्चाको नाम भने संघीय समावेसी गठबन्धन राखिएको छ ।सरकार संग वार्ता र छलफल चलिरहेको बेला एक्कासि नयाँ मोर्चा गठन भएकोमा आम जनतामा आश्चार्य पैदा भएको छ ।
नयाँ मोर्चा गठन गर्नुको कारण मधेस आन्दोलन थप सशक्त बनाउने मोर्चाका नेताहरुले बताएका छन् । जनकपुरमा शनिबार पत्रकार सम्मेलन गरी आगामी दिनमा संघीय समावेशी गठबन्धन निर्माण गर्ने सहमति भएको नेताहरुले जानकारी दिएका छन् ।
राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष सरत सिंह भण्डारीले सो पत्रकार सम्मेलनमा तीन महिनाभन्दा बढी समयदेखि चलिरहेको मधेस आन्दोलनमा मधेसी नागरिकको त्याग एवं बलिदान दिएपनि उपलब्धी हासिल नभएकाले नयाँ मोर्चा बनाउनु परेको बताएका छन् ।
सुस्ताउँदै गएको मधेस आन्दोलनलाई थप प्रभावकारी बनाउन अन्य मधेस केन्द्रित दलहरुसंग पनि सहकार्य गर्दै अघि बढ्ने उनले बताए ।
nepalsandesh
