मंगलबारराति नेपाल फर्किएका आपूर्तिमन्त्री पुनले चीनलाई नेपाल आपतकालीन अवस्थामा रहेको भन्दै तत्कालै इन्धन, खाना पकाउने ग्याँस, औषधी लगायतका सामग्री उपलब्ध गराईदिन आग्रह गरेका थिए ।
मन्त्री पुनको प्रस्तावमा चीन सकारात्मक भएको स्रोतले जनाएको छ । मन्त्री पुनले भने चीन भ्रमणका बारेमा प्रधानमन्त्रीसँग छलफल गर्ने तयारी समेत गरेको बुझिएको छ ।
उनले चीनमा रहँदा चीन सरकार र चीनको कम्युनिष्ट पार्टीका उच्च तहका अधिकारीहरुसँग छलफल गरेका थिए । चीनको पेट्रो चाइनासँग केही समय अघि इन्धन खरिदका लागि सैद्धान्तिक सहमति भइसकेको छ ।
चीनसँग भएको सहमतिअनुसार चीनले तातोपानी नाका हुँदै नेपाललाई खाना पकाउने ग्याँस, इन्धनलगायत उपलब्ध गराउँने छ । नेपाल आयल निगमलाई सम्झौताको लागि चीनले बेइजिङ बोलाइसकेको छ ।
nepalsandesh
