श्रीमती माईत गएको मौकामा छोरीसँग जबरजस्ती शारीरिक सम्पर्क राख्दा…

सल्यान, २ मंसिर । श्रीमती नभएको मौकामा एक पुरुषले आफ्नै छोरीसँग जबरजस्ती शारीरिक सम्पर्क राखेका छन् ।
श्रीमती माईतीघर गएका बेला आफ्नै १५ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा शारदा नगरपालिका–१४ बस्ने ३५ वर्षीय एक पुरुषलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
ती व्यक्तिले मादक पदार्थ सेवन गरी रातको समयमा डरत्रास देखाई कात्तिक ३० गते आफ्नै घरमा छोरीसँग जबरजस्ती शारीरिक सम्पर्क राखेको प्रहरीले जनाएको छ ।
छोरीबाट उक्त घटना आमाले थाहा पाएपछि प्रहरीमा खबर गरेकी थिईन् । प्रहरीले कथित बाबुलाई तीन दिनपछि पक्राउ गरेको हो । पीडित बालिकाकी आमा त्यो दिन भाइटिका लगाउन माईतीघर गएकी थिईन् ।
dainiknepal

Write Comment Below: