सरकारले किन वितरण गर्दैन तेल र ग्यास ? तस्करको हातमा इन्धन ? ओली सरकार मौन ?

काठमाडौं, ४ मंसिर । असोज ३ गते भारतले नाकाबन्दी गरेयता मुलुकमा नियमितको एक चौथाइजति पेट्रोल भारतले आपूर्ति गरिरहेको छ। तर पनि काठमाडौंको सडकमा ट्राफिक जाम देखिन थालेको छ।
यसअघि धेरै पेट्रोलपम्पमार्फत एकैचोटि पेट्रोलियम पदार्थ बिक्री गरिएको एकाध दिनमात्र सडकमा सवारी चाप देखिन्थ्यो । मुलुकमा दैनिक करिब ३ सय ५० ट्यांकर पेट्रोलियम भित्रिँदै आएकोमा नाकाबन्दीयता दिनमा औसत ८० ट्यांकर भित्रिएको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

दुई महिनामा ८८ बुलेट ग्यास भित्रिएको छ । यसअघि दिनमा ५५ बुलेट आपूर्ति हुन्थ्यो । तर पनि उपत्यकामा पेट्रोलियमको हाहाकार कम हुँदै गएको छ । ‘महँगो मूल्य तिर्न तयार हुनुस्, नपाइने केही छैन’, एकजना व्यवसायीले भने ।
ती व्यवसायीले केही दिनअघि जेनरेटर चलाउन २ हजार लिटर डिजेलका लागि एकजनालाई फोन गरे, एकैछिनमा ट्यांकरले एउटा चेम्बर ९२ हजार लिटर० डिजेल खन्याइदियो । मूल्य २ सय रुपैयाँ प्रतिलिटर तिर्नु परे पनि आफूले निर्धारित दर (८० रुपैयाँ लिटर) को बिल पाएको उनले सुनाए।
‘एक सिलिन्डरको ७ हजार ५ सय रुपैयाँ तिर्न तयार भएपछि सिमराबाट एक गाडी (७० सिलिन्डर) ग्यास डेलिभरी भइहाल्यो’, अर्का व्यवसायीले सुनाए । फेरि पनि कालोबजारमा किन्नुपर्ने भएकाले नाम उल्लेख गराउन दुवै व्यवसायी तयार भएनन् ।
dainiknepal भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Write Comment Below: