आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले नेपाली जनता दलका अध्यक्ष एवं सांसद् हरिचरण साहमाति हातपात गरेका छन् ।
मोर्चा कार्यकर्ताले बिहीबार साहलाई कालोमोसो दल्नुका साथै उनी सवार गाडी तोडफोड गरिदिएका छन् ।
गौरस्थित एक रेडियोमा अन्तर्वार्ता दिएर फर्कन लाग्दा रेडियोको कार्यालय बाहिर लुकेर बसेका मोर्चाका कार्यकर्ताले साहमाथि दुव्र्यवहार गरेका हुन् ।
मोर्चाका कार्यकर्ताले साह सवार बा ५ च ३८४४ नम्बरको गाडी तोडफोड गरेका छन् । साहले आफूमाथिको आक्रमणमा मधेस केन्द्रित दलका जिल्लास्थित प्रमुख नेता नै संलग्न रहेको आरोप लगाए ।
मधेस आन्दोलनलाई बदनाम गराउने नियतका साथ आफूमाथि दुव्र्यवहार भएको उनले बताए । साहले आक्रमणमा संलग्नमाथि कारबाहीको मागसमेत गरेका छन् ।
आक्रमणकारीले मधेसविरोधी संविधानमा हस्ताक्षर गरेको आरोप लगाउँदै हातपात गरेको जानकारी साहले दिए । प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका–संसदमा गत २४ असोजमा भएको निर्वाचनका बेला साहको व्यवहार शंकास्पद देखिएको थियो ।
प्रधानमन्त्रीका उम्मेदवार एमाले अध्यक्ष केपी शर्मा ओलीको समर्थकमा नाम लेखाएका साह सभामुखले समर्थनका लागि रोष्ट्रममा बोलाउँदा गएनन् । तर साहले अचानक काँग्रेस सभापति सुशील कोइरालाको पक्षमा मतदान गरेपछि धेरैले आश्चर्य मानेका थिए ।
साहमाथि भारतीय दूतावासबाट रकम लिएर कोइरालाको पक्षमा मतदान गरेको आरोप लागेको छ ।
तीन लाख पाउने आश्वासनमा कोइरालालाई मत दिए पनि काँग्रेस सभासद् अमरेशकुमार सिंहले ६० हजार मात्र दिएर टारेको चर्चा संसदमा हुने गरेको छ ।
npkhabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस
