परराष्ट्र मन्त्रालयमा शुक्रबार पूर्वपरराष्ट्रमन्त्री तथा कूटनीतिज्ञहरुसँगको छलफलमा उपप्रधानमन्त्री थापाले यस्तो बताएका हुन् । तर, उनले नेपाली नेताहरुले कस्तो वाचा गरेका थिए भन्ने चाहीँ खुलाएनन् ।
संविधान जारी गर्ने समयमासमेत आफूहरुलाई बेवास्ता गरिएको भन्दै भारतीय पक्षले असन्तुष्टी जनाएकोसमेत थापाले बताएको पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले जानकारी दिए ।
छलफलका क्रममा नेपालका नेताहरुले भारतीय नेतृत्वसँग कस्तो वाचा गरेका थिए भन्ने कुराको निक्र्यौल गर्नुपर्ने र भारतसँग अनौपचारिकरुपमा छलफल गरेर समस्या समाधान गर्न आफूले सुझाव दिएको पनि लोहनीले बताए ।
त्यस्तै, अर्का पूर्वपरराष्ट्रमन्त्री डा. रामशरण महतले छिमेकीको आन्तरिक मामिलालाई देखाएर नाकाबन्दी गर्न नहुने सुझाव आफूले दिएको बताए ।
भारतले गरेको नाकाबन्दीका कारण उत्पन्न समस्या र यसका लागि गर्न सकिने कूटनीतिक प्रयासबारे छलफल गर्न उपप्रधानमन्त्री थापाले छलफल आयोजना गरेका हुन् ।imagekhabar
