‘मैले एक बर्षभित्र लोडसेडिङ अन्त्य गर्छु भन्दा धेरैले ठट्टाका रुपमा लिए’, ओलीले भने ‘पर्खिनुहोस एक बर्ष भनेको १२ महिना त हो । लोडसेडिङ अन्त्य गरेर देखाउछु ।’
एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भारतीय नाकाबन्दीका कारण देशले संकट ब्यहोरेको बताए । तर संकटका निवारणका नाममा देशलाई भविश्यसम्म घाटा हुने कुनै पनि कार्य नगर्ने सार्वजनिक प्रतिवद्धता पनि जनाएका छन् । उनले केही समयपछि इन्धन अभाव पनि पूर्ति हुने दावी समेत गरे ।
तीन महिना लामो आन्दोलन गरिरहेका मधेसबादी दललाई वार्तामा आउन ओलीले पुन आग्रह पनि गरेका छन् । ‘सरकार सवै नागरिकका जायज माग सुन्न र पुरा गर्न तत्पर छ, तर मागका नाममा माग भने पुरा नहुँन सक्छन् ।’ उनले जायज माग लिएर वार्तामा आउन मधेसबादी दललाई आग्रह पनि गरे ।
सरकारबिरुद्ध भारत र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कदम चालिरहेका बेला ओलीले भने बरु आफु सरकारबाट बाहिर बस्ने तर नेपाली जनताको भावना चोट पुग्ने गरी कसैसँग सम्झौता नगर्ने बताए ।
yeskathmandu भिडियो हेर्न तलको बाकस थिच्नुहोस
