मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारको आधार क्षेत्र मानिएको सुनसरी क्षेत्र नं ३ बाट स्थानीय नागरिकहरुले आन्दोलन थाल्ने निर्णय गरेका हुन् । सुनसरी क्षेत्र न ३ बाट सुरु भएको आन्दोलनमा गच्छदारको पार्टीको पनि समर्थन छ ।
फोरम लोकतान्त्रिकले सीमांकनमा सुनसरीलाई मधेस प्रदेशमा राख्ने प्रस्ताव कुनै हालतमा नमान्ने फोरम लोकतान्त्रिकका स्थानीय नेता कुमार थापाले बताउनु भयो । ‘सीमांकनमा सुनसरीलाई मधेस प्रदेशमा राख्ने पार्टी नेताहरुको भनाईप्रति हाम्रो आपत्ति छ,’ लोकतान्त्रिक फोरमका जिल्लास्तरीय नेता कुमार थापाले भने,‘हामी रगत बगाउन तयार छौं तर दुई नम्बर प्रदेशमा जाँदैनौं ।’ समाजले शुक्रबार दुहबीमा पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरेको छ ।
शनिबार दुहबीमा खबरदारी र्याली गर्ने, इटहरी समेतलाई समन्वय गर्ने, सरकारलाई ज्ञापन पत्र बुझाउने, ३ नम्बर क्षेत्रका १२ गाविस तथा दुहबी, भलुवा नगरपालिकामा संघर्ष समिति निर्माण गर्ने लगायत कार्यक्रम छन् ।
dainiknepal
