ललितपुरमा प्रहरीमाथि आक्रमण

ललितपुर, १ मंसिर । ललितपुरमा प्रहरीमाथि आक्रमण भएको छ ।
ललितपुर पुल्चोकस्थित साझा पेट्रोल पम्प अगाडि प्रहरीलाई ढुङगा प्रहार गर्ने बाडिखेल–८ का ३५ वर्षीय सजन महतलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
पम्पमा पेट्रोल नदिएको भनि बाटो बन्द गर्न खोज्ने व्यक्तिहरुलाई सम्झाई बुझाई गर्दा उनले प्रहरीलाई ढुंगा प्रहार गरेका थिए । प्रहरीले भीडलाई तितरबितर बनाएको छ ।
dainiknepal

Write Comment Below: