काठमाडौं । नेपालमा भइरहेको उर्जा संकट समाधानमा लागि चीनले दिएको अनुदानको पेट्रोलको अन्तिम हिस्सा बुधबार सम्ममा नेपाल आइपुग्ने भएको छ ।
सोमबार तेल लिनका लागि २६ वटा ट्यांकर गएकोमा मंगलबार थप १३ वटा ट्यांकर रसुवाको केरुङ नाकातर्फ गएका नेपाल आयल निगमले जनाएको छ ।
केरुङमा ३९ वटा ट्यांकर अन्तिम खेपको चिनियाँ पेट्रोल लिन पुगेका छन् ।
त्यसमध्ये ५ वटा ट्यांकर तेल भरेर फर्किसकेका छन् । चीनले नेपाललाई करिब १३ लाख लिटर तेल अनुदानमा दिएको थियो ।
त्यसमध्ये अब झण्डै ३ लाख ७४ हजार लिटर पेट्रोल काठमाडौं ल्याउन बाँकी छ । व्यापारिक रुपमा नै चीनबाट इन्धन ल्याउने विषयमा छलफल अन्तिम चरणमा पुगेको छ । चीनबाट ल्याएकाे अनुदानकाे तेल अायल निगमले भारतबाट ल्याएकाे तेलमा नै मिसाएर बिक्री गरिरहेकाे छ ।
nepalsandesh
