नाकाबन्दी बारे बोले राम्रो नहुने भन्दै मोदीले थर्काएपछि

काठमाडौं, ४ मंसिर । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कका महासचिव छन् अर्जुनबहादुर थापा । उनको नागरिकता नेपाली नै छ । नेपालको परराष्ट्र सेवामा लामो समय काम गरेर खारिएका कूटनीतिक भनेर चिनिने उनी पछिल्लो दिनमा भने भारतको असली कारिन्दा बनेको भन्दै सार्क सचिवालय समेत आश्चर्यमा परेको छ । सार्कको अध्यक्ष नेपाल हो । गत मङ्सिरमा सम्पन्न सार्कको १८ औं शिखर सम्मेलन पछि नेपाल अध्यक्षमा निर्वाचित भएको हो ।
भारतलगायत दक्षिण एशियाका आठ मुलुक यसका सदस्य छन् । भारतले नेपालमा अमानवीय तवरले नाकाबन्दी गरेको छ । तर नाकाबन्दी आफूलाई थाहा नभएको भन्दै उनी आफ्ना निकटस्थहरूसँग गुनामिना गर्दै बस्ने गरेका छन् । भारतले नाकाबन्दी बारे बोले राम्रो नहुने भन्दै थापालाई दिल्ली बोलाएर थर्काएपछि थापा आफूलाई नाकाबन्दी बारे थाहा नभएको बताएर पन्छने गरेका छन् । सार्क सचिवालयमा बसेर नेपालको सबै सूचना भारतीय दूतावासलाई दिने गरेको सचिवालयका एक निर्देशकले नाम उल्लेख नगर्ने शर्तमा बताए । सार्कको अध्यक्ष भएको नाताले नेपालको नाकाबन्दी बारे महासचिव थापाले प्रभावकारी रूपमा अन्तर्राष्ट्रियकरण गर्न सक्थे, तर उनले केही पनि गरेका छैनन् । सार्क सचिवालय पनि त्यति नआउने, नाकाबन्दी बारे चासो पनि नराख्ने एवम् आए पनि सचिवालयमा प्राप्त भएका सूचना सबै लैनचौर पु¥याउने गरेको भन्दै बालुवाटार र परराष्ट्र मन्त्रालयमा उजुरी समेत परेको छ ।
उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले महासचिव थापाको गलत धन्दाले मुलुकको साख गिरेको भन्दै कारबाही गर्नुपर्नेसम्मको आशय व्यक्त गर्न थालेका छन् । हाल मलेसियाका लागि नेपाली राजदूत रहेका तत्कालीन परराष्ट्र मन्त्रालयका सहसचिव निरन्जनमानसिंह बस्न्यातलाई कपट गरेर राजदूत बनाउन मलेसिया लखेटेपछि थापा महासचिव बन्न सफल भएका थिए । कुनै योग्यता र क्षमता भन्दा पनि चाकडी र चाप्लुसीमा माहिर रहेका थापाले तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र तत्कालीन परराष्ट्रमन्त्री माधव घिमिरेलाई मोटो रकम बुझाएर सो पद पड्काएका थिए ।
dainiknepal

Write Comment Below: