मोर्चाका कार्यकर्ताले ढुंगा हानेपछि दुहबीमा गोली चल्यो

सुनसरी : सुनसरी टुक्राउन पाइँदैन भन्दै बृहत नागरिक समाजले निकालेको सद्भाव ¥यालीमा मधेसी मोर्चाका कार्यकर्ताले ढुंगा हानेपछि सुनसरीको दुहबीमा गोली चलेको छ ।

दुहबी–भलुवा नगरपालिकामा निकालिएको सद्भाव ¥याली दुहबी बजारमा गइरहँदा मोर्चा कार्यकर्ताले ढुंगा हानेपछि त्यहाँको अवस्था तनावग्रस्त भएको हो ।

मोर्चाका कार्यकर्ताहरुले सद्भाव ¥यालीमा ढुंगामुढा गरेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो ।


मोर्चाका कार्यकर्तासँग भएको झडपका क्रममा प्रहरीले ६ राउन्ड हवाइ फायर र ६ राउन्ड अश्रुग्यास हानेको हो ।

मोर्चा कार्यकर्ता र प्रहरीबीच झडप भएपछि अहिले दुहबी तनावग्रस्त भएको छ । मोर्चाका कार्यकर्ताले शनिबार गाडी चल्न नदिने भन्दै कोशी राजमार्गको दुहबीखण्डमा अवरोध गरेका थिए ।
annapurnapost

Write Comment Below: