स्रोतका अनुसार युरोपेली संघमा आबद्ध देशका राजदूतले नेपालका मिडिया, प्रमुख राजनीतिक दलका नेता र बुद्धिजीवी ‘नेपालमा राष्ट्रिय संकट उत्पन्न हुनुका पछाडि भारत नै जिम्मेवार छ भन्छन् नि’ भनेर भारतीय राजदूत रन्जित रेलाई सोधेका थिए ।
रेले रक्सौलबाहेक अरु नाकाबाट आपूर्ति भइरहेको र सात सय ट्रक नेपाल भित्रिरहेको जानकारी दिँदै मुख्य नाका रक्सौल नाकामा मधेसी मोर्चाले आन्दोलन गरेका कारण त्यहाँबाट आपूर्ति हुन नसकेको स्पष्टीकरण दिएका थिए, आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
ratopati
