‘समस्या नेपालभित्र रहेको छ । त्यसलाई त्यहाँका राजनीतिक दल तथा सरकारले आन्दोलनरत दलसँग वार्ता गरेर सुल्झाउनुपर्छ,’ उनले भने । स्वरुपले सरकारले तराई मधेशमा देखिएको समस्याको राजनीतिक समाधान गरे नेपालको समस्या समाधान हुने र तराईंमा शान्ति हुनका साथै सीमा क्षेत्रमा देखिएको समस्या समाधान हुने र आपूर्ति समस्या समाधान हुने कुरा राखे । नेपालमा औषधिको अभाव देखिएको बारे स्वरुपले भारतीय पक्षबाट त्यसमा कुनै अवरोध नभएको बताए । ‘नेपाल–भारतबीच हुने दुई तिहाई व्यापार धान्ने रक्सौल नाका नेपाली पक्षबाट नै बन्द छ । नेपाल–भारतबीच रहेका १० नाकामध्ये ७ वटा खुला रहेको छ । जसमा पानी ट्यांकी र सुनौली नाका रहेका छन् । ती नाकाहरुबाट हरेक दिन ४०० देखि ८०० कार्गो ट्रकहरु नेपाल प्रवेश गरिरहेका छन् । ६ हजारभन्दा बढी ट्रकहरु नेपाल छिर्नका लागि सीमामा तयार बसिरहेका छन्,’ उनले भने । स्वरुपले नेपालमा देखिएको औषधिको अभावको बारेमा नजिकबाट नियाली रहेको बताउँदै आफूहरुले नेपाल सरकारलाई औषधि पनि रिरुटिङ गरेर लैजान सक्ने सन्देश पठाइसकेको बताए । ‘यसका लागि भारतले सहयोग गर्नेछ । त्यसको साथै हवाईमार्गबाट पनि औषधि लान सकिनेछ । औषधि व्यवसायीहरुलाई अवरोध नभएको नाका प्रयोग गर्न आग्रह गर्दछौं,’ उनले भने । आज मात्र मधेशी मोर्चाले औषधिलगायत स्वास्थ्य सम्बन्धि सामग्रीहरु बिराटनगर नाकाबाट लैजान दिने बताएको थियो । ratopati
मधेशी मोर्चापछि भारतले पनि भन्यो, ‘अर्को बाटो भएर औषधि लगे हुन्छ’