नेपाली सेनालाई किन धन्यवाद दिए राजेन्द्र महतोले ?

काठमाडौं, ११ मंसिर । मधेसमा आन्दोल गरिरहेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता एवं सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नेपाली सेनालाई धन्यवाद दिएका छन् ।
सप्तरीमा आयोजित पत्रकार सम्मेलनमा उनले पहिलोपटक सेनालाई धन्यवाद ज्ञापन गर्दै उसको कदमको प्रशंसा गरे ।
आन्दोलन दमन गर्ने सरकारको कदमको विरोध गर्दै महताले भने– आन्दोलनलाई अझ दमन गर्न सरकारको दबाव बाबजुद नेपाली सेना मधेसमा परिचालन हुन नमानेको खबर हामीले पाएका छौं । सेनाको यो कदमलाई म सलाम गर्छु । सेना आम नेपालीको रक्षाकवच हो, सेना भनेको कुनै जाति विशेषको हुँदैन, सिङ्गो राष्ट्रको हुन्छ, सेनाको निर्णयलाई मोर्चाको तर्फबाट धन्यवाद दिँदै म स्वागत गर्छु ।’
पत्रकार सम्मेलनमा उनले अब कांग्रेस, एमाले र एमाओवादी बिना हुने वार्ताको कुनै औचित्य नभएको बताए ।
dainiknepal

Write Comment Below: