भारतीय विदेश मन्त्री सुष्मालाई भेटेर राजेन्द्र महतोले दिए यस्तो धम्की

शनिबार, २५ पुष

काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नाका अबरोध लगायतका आन्दोलनका कार्यक्रम अनावश्यक भएको र तत्काल नाका अबरोध हटाएर नेपाल सरकारसँगको वार्तालाई फलदायी बनाउन गरेको आग्रह सद्भावना अध्यक्ष राजेन्द्र महतोले अस्विकार गरेका छन् ।
उपचारका लागि भन्दै भारत भ्रमणमा रहेका सदभावना पार्टीका अध्यक्ष महतो र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच दिल्लीस्थित भारतीय विदेश मन्त्रालयमा भेटवार्ता भएको थियो ।
भेटवार्ताका क्रममा स्वराजले निरन्तरको वार्ता र छलफलबाट सहमति खोज्न आग्रह गरेकी थिइन् । स्वराजले सरकारसँग सम्वन्वय गरेर अघि बढ्न आग्रह गर्दा महतोले आफुहरुलाई घर न घाटको बनाउन खोजेको भन्दै सुष्माको सात्तो लिएको स्रोत बताउँछ ।
महतोले सरकारले आफुहरुको माग सम्बोधन गर्ने कुनै अवस्था नरहेकाले आन्दोलन र नाका धर्ना झन् कडा पार्ने बताएका थिए ।
भेटवार्ताका क्रममा भारतीय विदेस सचिव एस जयशंकरले नेपालका शीर्ष नेताहरुले प्रयास गरिरहेको र वार्तालाई फलदायी बनाउन लचिलो बन्न महतोलाई आग्रह गरेका थिए ।
nepalsandesh

Write Comment Below: