शुक्रबार राजधानीमा ‘मधेशी पत्रकार समाज’ले आजोजना गरेको कार्यक्रममा सहमहामन्त्री यादवले भने ‘सरकार र मोर्चाबीच जारी वार्ता सफल नभए केही दिनमा हाम्रो अध्यक्ष ज्यू, दिल्लीबाट आउनु हुन्छ र हामी फेरी मितेरी पुलमा धर्ना दिन्छौं ।’ ‘अबको हाम्रो लडाई वारवारको हुन्छ ।’
मोर्चाले जति लचकता अपनाएपनि सरकार कठोर भएर आएको उनको भनाई थियो । ‘अनि कसरी वार्ता सफल हुन्छ ? उनले भने, ‘‘हामी मधेशीको अधिकारको लागि आन्दोलन गर्दा प्रधानमन्त्री केपी ओली लगायत केही नेताहरुले त्यसलाई सम्प्रदायीकताको संज्ञा दिन्छन् तर ति नेताहरु मधेशको म पनि सुन्न चाहेको छैन ।’ उनले थपे थपे, ‘मधेशीले मोचीदेखि महाकालीसम्मको बोडरमा हेडलाइटका काम गरेको छ र देशको रक्षा पनि ।’ ‘तर यहाँ त्यही मधेशीलाई भारतीय दृष्टिकोणले हेर्ने नजर पहिला परिवर्तान हुनु पर्छ सहमहासचिब यादवको भनाई थियो ।
यादवले नागरिकताको सवालमा पहिला अन्तरिम संविधानमा जे व्यवस्था थियो त्यो अहिले पनि हुनु पर्ने बताए । ‘ तर यहाँ त अन्तरिम संविधानमा दिएको अधिकार पनि कटौति गरेका छन्, हामी मधेशको जाइजमा माग सरकारलाई पुरा गर्न भन्दा ५० भन्दा बढी मधेशका नागरिकहरुलाई सरकारले गोली हानेर हत्या गरिसक्यो । मधेश झण्डै पाँच महिनादेखि बन्द छ तर सरकार कानमा तेल हालेर बसेको छ, सरकारलाई न मधेशदेखि मतलब छ, न पहाडदेखि ।’ उनले भने ।
ratopati
