महोत्तरी जिल्लाको ढल्केबरमा आज आमसभा परेकाले मधेसी मोर्चाका सबै शीर्ष नेताहरू त्यसतर्फ गएकाले वार्तामा खल्लो हुने भएको हो ।
आमसभाका लागि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस स्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव ढल्केबर जानुभएको सद्भावना पार्टीका महासचिव मनीस सुमनले जानकारी दिनुभयो ।
आजको वार्तामा सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मलाल कर्ण पनि जानु हुनेछैन । कर्णको घरायसी काम परेकाले आजको वार्तामा आफू पनि सहभागी नहुने बताउनुभयो ।
मधेसी मोर्चाले आज ढल्केबरमा आमसभा गर्दैछ । आमसभामा उल्लेख्य मधेसीहरूको सहभागिता गराउने जनाइएको छ ।
सोही आमसभाका कारण प्रधानमन्त्री ओलीले बोलाएको शीर्ष नेताहरूको बैठकमा मधेसी मोर्चाका ठूला नेता नआउने भएका हुन् ।
प्रधानमन्त्री केपी ओलीले आफ्नै पहलमा कांग्रेस, मधेसी मोर्चा र सत्तारुढ दलहरूको बैठक डाक्नुभएको हो । बैठक बेलुका छ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने कार्यक्रम छ ।
dainiknepal
