सुनौली । भारत सरकार लगातार र केही ठूलो स्वरमा जोड दिँदै उसको भूमिबाट नेपालतर्फ कुनै किसिमको अवरोध र नाकाबन्दी नभएको बताइरहेको छ । तर, पनि नेपालमा खाना पकाउने ग्यास, पेट्रोल र औषधिसहित दैनिक उपभोग्य सामानको हाहाकार रहेको छ । सुनौली नाकामा उभिएर हेर्दा भारतीय विदेश मन्त्री सुष्मा स्वराजले सदनमा चर्को आवाजमा दिएको बयान सरासर झुठो सावित हुन्छ ।
सुष्मा स्वराजले नाकाबन्दी नरहेको बताइरहँदा नेपाली सीमामा केही महिनादेखि नियन्त्रित नाकाबन्दी जारी छ र जसको रिमोट कन्ट्रोल माथि कुनै अज्ञात व्यक्तिको हातमा रहेको छ। यो नाकामा नाकाबन्दी भएपछि धेरै ठूलो चलखेल हुने गरेको छ।
विदेश मन्त्री स्वराजले संसदमा भनेकी थिइन्, भारतको तर्फबाट सामान बोकेर जाने ट्रकलार्इ नेपालका मधेसी आन्दोलनकारीहरुले रोकिराखेका छन् ।
सुनौली सीमामा कोही आन्दोलनकारी छैनन् तर पनि दुर्इ तीन दिनमा एक पटकमात्र सीमित संख्यामा ट्रक जान दिइएको छ । यहाँको नाकाबाट लागेको ट्रकको लामो भारततर्फ १४ किलोमिटर लामो नौतुनासम्म पुगेको छ । जबकि यो नाकाबाट ओहोर दोहोर गर्ने यात्रु बस र अन्य सवारीसाधनमा कुनै रोकतोक छैन ।
तर, ट्रकमाथिमात्रै अवरोध किन त रु केबल यो प्रश्नमा मात्रै होइन, हरेक प्रश्नको जबाफ भारतीय भन्सार अधिकारी र सशस्त्र सुरक्षा बलका अधिकृत माथिको आदेश भन्दै पन्छिने गरेका छन् ।
माथिको आदेश कहाँबाट त रु यो प्रश्न गर्दा उनीहरु यसरी हाँस्छन् कि उनीहरुलार्इ नाकाबन्दीले नेपालमा ५ वर्षका बालकसम्म औषधि अभावमा तड्पिरहेको खबरबारे पुरै बेखबर छन् ।
यसबारेमा नेपालमा गएर नेपालमा गएर यही प्रश्न सोधियो भने स्तब्धन बनाउने प्रतिप्रश्न आउँछ । तपार्इं कस्तो छिमेकी हो रु, उनीहरुको प्रतिप्रश्न सुनेर यस्तो लाग्छ, पत्रकारहरु पनि भारत सरकारकै प्रतिनिधि हुन् ।
फेरि उनीहरु भन्छन्, हाम्रव संविधान बनिनसक्दै तिमीहरु संशोधन गराउन लागेका छौ, हामीले नमान्दा हाम्रो खानापिना किन रोक्न लाग्यौ
भारतीय भन्सार अधिकारीको दाबी मान्ने हो भने अहिले हरेक दिन करिब १०० ट्रकलार्इ जाँच गरेर नेपाल जान दिइएको छ। तर यी ट्रक नेपाल जानका लागि यहाँ भारतीय सीमा सुरक्षा बलका जवानले निर्देशन दिनुपर्छ। (भावानुवाद गरिएको यो समाचारको मूलअंश बीबीसी हिन्दीमा प्रकाशित भएको छ, जुन अन्नपुर्णबाट साभार गरिएको हो ।)
nepalsandesh
