सीएनएन हिरो म्यागी डोयनले भनिन्- मैले पाएको अवार्ड नेपाल र नेपाली जनताप्रति

यसवर्षकी सीएनएन हिरो म्यागी डोयनले आफूले पाएको अवार्ड नेपाल र नेपाली जनताप्रति समर्पण गरेकी छिन्।
सीएनएन हिरोको अवार्ड लिएर नेपाल फर्किएको भोलिपल्ट बुधबार काठमाडौमा पत्रकार सम्मेलन गरी डोयनले नेपाली जनताले उल्लेख्य रुपमा भोट दिएका कारण नै आफू अवार्ड जित्न सफल भएको भन्दै आफूले पाएको अवार्ड  नेपाल र नेपाली जनताको भएको बताइन्।
१९ वर्षको उमेरमा १० वर्ष पहिले नेपाल आएकी डोयनले सुर्खेतको वीरेन्द्रनगरमा कोपिला भ्याली नामक विद्यालय स्थापना गरी मध्यपश्चिम क्षेत्रका टुहुरा तथा सडक बालबालिकाहरुलाई आवासीय सुविधासहित शिक्षा प्रदान गर्दै आएकी छिन्।
कोपिला भ्यालीमा अहिले साँढे तीन सय बालबालिका अध्ययनरत छन्। डोयनले नेपाल आफ्नो घर भएको भन्दै  आफूले गरेको कामका बारेमा समाचार लेखिदिएकामा संचारकर्मीहरुलाई धन्यवाद दिइन्।
सीएनएन हिरो डोयनले आफूले पाएको पुरस्कारको रकम अनाथ बालबालिकाहरुको शिक्षामा खर्च गर्ने बताइन्। उनले पुरस्कारको रकमबाट सुविधा सम्पन्न विद्यालय भवन बनाउने पनि बताइन्।
डोयनले सीएनएन हिरोको उपाधीसँगै २ लाख ५० हजार अमेरिकी डलर रुपैयाँ पाएकी थिइन्। भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Write Comment Below: