मुलुकको विद्यमान समस्या समाधानमा ध्यानार्कषण गराउन रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले बुझाएको ज्ञापनपत्र बुझ्दैन उनले भने- ‘छिट्टै परिस्थितिमा सुधार आउँछ । हामीले सघन ढंगले छलफल र संबाद गरिरहेका छौ । राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा छलफल अझै तिब्रताका साथ अघि बढछ । आन्दोलनरत पक्षले कुरा बुझ्दै गईरहेका छन् । अब सानो तहले बुझेको छैन त्यसलाई पनि हामी बुझाउन लागेका छौ । छिट्टै अहिले देखिएको मधेसको समस्या समाधान हुन्छ । सबै नभए पनि समस्याको मात्रा काम चलाउ भएर रहन्छ ।’
प्रधानमन्त्री ओलीले संबादबाटै समस्याको समाधान गर्ने प्रतिबद्धता ब्यक्त गर्दै जिम्मेवार भएर आउन आन्दोलनरत दलहरुलाई पुन आब्हान गरे । प्रधानमन्त्री ओलीले संविधानमा नै संविधान संसोधन गर्न सकिने ब्यवस्था रहेको उल्लेख गर्दै भने– ‘आवश्यकता अनुसार प्रदेशको संख्या, नाम परिवर्तन हुन्छ । हाम्रोमा पनि हुन सक्छ ।’
प्रधानमन्त्री ओलीले आफू सानो छरितो १५ देखि १७ जनाको मन्त्री परिषद निर्माणको सोचमा रहे पनि आफू ताक्छु मुडो, बञ्चारो ताक्छ घुँडो भने जस्तो परिस्थिति बनेको भन्दै धेरै पार्टीको सरकार भएकोले अलिकति फरक परेको बताए ।
उनले भने– ‘दुई तीन पार्टीको सरकार भएको भए यस्तो हुँदैन थियो । राष्ट्रिय सहमतिको सरकार गठन गरेर विकास गरौ भन्ने उद्देश्यलाई जसले साथ दिएन त्यसलेनै यो नयाँ परिस्थिति बनाएको हो । मुख्य सत्ता साझेदार दलकै कारण मन्त्रीमण्डल ठूलो बनाउनु परेको हो । विगतमा संविधानसभा खेर गयो । सभासद नै मन्त्री बन्ने भएकोले बढी बनाउँदैमा तनखामा फरक पर्दैन । थोत्रा क्याल्कुलेरबाट साथीहरु अहिले हिसाव गरिरहनु भएको छ । केही मिलाउनु परेको छ, अहिलेको परिस्थितिलाई ध्यानमा राखेर ।’
उनले २०७२ साल भित्रमै आफूले छिमेकी भारत र चीनको भ्रमण गर्ने योजना सुनाउँदै चीन र भारत मध्ये अनुकुल र स्वभाविक हुने मुलकको पहिलो भ्रमण गर्ने बताए ।
प्रधानमन्त्रीले भने–‘भारत र चीन जहाँ गएपनि हुन्छ । कहाँ पहिला र पछि भन्ने नियम छैन । जहाँ अनुकुल र स्वभाविक हुन्छ । त्यहाँ जाने हो । हाम्रो सत्रु कोही छैनन । छिमेकीसँगको मित्रताबाहेक हामी अरु सोच्दैनौ । कसैका विरुद्ध कसैलाई प्रयोग गर्ने कुरा सोच्दैनौ ।’
उनले थपे– ‘हाम्रो धेरै ठूलो कारोवार भारतसँग छ । त्यसैले भारत नेपालको सम्बन्धको गहिराई पनि त्यस्तै छ । चीनसँग पनि राम्रो सम्बन्ध छ । पारस्परिक लाभ र सम्बन्धको आधारमा अघि बढाउन चाहन्छौ । हाम्रो भूमि कसैको विरुद्ध प्रयोग गर्न दिदैनौ । एकको विरुद्ध अर्को प्रयोग गर्दैनौ । यस विषयलाई उचालेर बातावरण विगार्नु हुँदैन ।’
dainiknepal
