एजेन्सी । देशै भरि गाईको मासु बेच्न बन्द गर्नुपर्छ भन्ने मोदीको पार्टी बीजेपीलाई गाईको मासुको व्यापार गर्ने तीन कम्पनीहरुले मोटो रकम चन्दा दिएको खुलासा भएको छ ।
महाराष्ट्रको कंपनी फ्राइगोरीफिको अल्लाना प्राइवेट लिमिटेडले बीजेपीलाई ५० लाख रुपैंया चन्दा दिएको हो । यो भन्दा पहिले यो कम्पनीले २०१३ र २०१४ सालमा बिजेपिलाई ७५ लाखको चन्दा दिएको थियो ।
२० हजार भन्दा बढी चन्दा राजनैतिक पार्टीलाई दिएको खण्डमा हरेक राजनैतिक पार्टीले त्यसको स्रोत निर्वाचन आयोगमा खुलाउनु पर्ने हुन्छ ।
सो स्रोत खुलाउंदा भारतीय जनता पार्टी जसले गाईलाई काट्ने र मासु बेच्ने कामलाई भारत भरि बन्द गर्नुपर्छ भनेर अभियान नै चलाएको थियो उसको यो कर्तुत खुलासा भएको हो ।
nepalsandesh
