नेपाल आयल निगमले कात्तिक पहिलो साता विराटनगरस्थित विराट पेट्रोलियमसँग प्रतिलिटर १ सय ९९ रुपैयाँमा पेट्रोल र १ सय ८७ रुपैयाँमा डिजेल (करबाहेक) खरिद सम्झौता गर्यो ।
चीनसँग व्यावसायिक रुपमा पेट्रोलियम पदार्थ खरिद गर्दा करसहित पेट्रोल प्रतिलिटर १ सय ५०, डिजेल १ सय ३० रुपैयाँ पर्छ । कर छुट गर्दा पेट्रोल १ सय १५ र डिजेल ९५ रुपैयाँ । सरकार चीनसँग सम्झौता गर्न हच्किनु कर तिर्दा महँगो पर्ने हो कि भनेर हो।तर, चीनबाट कर जोडेरै पेट्रोलियम पदार्थ नेपाल भित्र्याउँदा पेट्रोल प्रतिलिटर १ सय ५० र डिजेल १ सय ३० रुपैयाँ मात्र पर्न आउँछ ।
पाँच गुणा महँगोमा किन्नु भन्दा पेट्रोलमा ४६ र डिजेलमा ४९ रुपैयाँ बढी तिर्दा सहज तरिकाले पाइन्छ भने सरकार त्यसैमा लाग्नुपर्ने विज्ञहरुले सुझाव दिएका छन् / nepaliheadlines
