भारतविरुद्ध अन्तर्राष्ट्रिय न्यायिक निकायमा जान सुझाव

१६ मंसिर,काठमाडौँ।

बेलायतस्थित लिड्स विश्वविद्यालयका अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक एवम् नेपालका लागि विश्व नीति मञ्च(ग्लोबल पलिसी फरम नेपाल)का अध्यक्ष प्रा सूर्यप्रसाद सुवेदीले
 नेपालप्रतिको भारतको पछिल्लो व्यवहार अन्तर्राष्ट्रिय कानुनको वर्खिलाप भएको बताउँदै नेपालले भारतविरुद्ध अन्तर्राष्ट्रिय न्यायिक निकायको ढोका घच्घच्याउनुपर्ने सुझाव दिएका छन् ।

‘प्रगतिशील एवम् समृद्ध नेपालका लागि विश्वभरका नेपाली विद्वत्वर्गलाई एकताबद्ध गरौँ’ नाराका साथ आज यहाँ भएको एकदिने ‘काठमाडौँ सम्मेलन’
मा उनले भारतको व्यवहारबाट भूपरिवेष्टित मुलुक नेपालको व्यापार तथा पारवहन अधिकार कुण्ठित भएकाले भूपरिवेष्टित राष्ट्रहरूको पारवहन स्वतन्त्रतासम्बन्धी
अन्तर्राष्ट्रिय कानुनअनुसार नेपालले कानुनी उपचारको बाटो खोज्नुपर्नेमा जोड दिए ।

“संयुक्त राष्ट्रसङ्घको तत्वावधानमा सन् १९८२ मा भएको समुद्री कानुनसम्बन्धी बृहत् अभिसन्धिले विशेष व्यवस्था गरेको छ, उक्त अभिसन्धिको धारा १२५देखि १३२
सम्म भूपरिवेष्टित राष्ट्रहरूका अधिकारको व्यवस्था छ, तदनुरुप गर्न नेपालका लागि श्रेयस्कर हुनेछ, ” संयुक्त राष्ट्रसङ्घीय सन्धि र सन् १९८२ मा
भएको समुद्री कानुनसम्बन्धी अभिसन्धिअनुसार समुद्रसम्मको निर्वाध आवागमन तथा पारवहन अधिकारको प्रत्याभूतिका निम्ति नेपाललाई सुझाउँदै उनले भने । nepaliheadlines

Write Comment Below: