पूर्व युवराज पारस शाहको अर्को हंगामा कान्छी श्रीमती ल्याउन पारसले ज्ञानेन्द्रलाई भने “नयाँ घर चाहियो”

काठमाडौं । पारसकी प्रेमिका थाइल्याण्ड नागरिक ‘लिन कान्निका’का कारण शाही परिवार तनावमा परेको छ । थाइल्यान्डमा रहेका पारसले दसैंमा कान्निकालाई सँगै काठमाण्डौं ल्याउने खबर पठाएपछि कान्छी श्रीमतीका रुपमा भित्र्याउन खोजेको आशंकामा पूर्वराजा ज्ञानेन्द्र शाहको परिवार चिन्तामा परेको हो ।
बाबुआमालाई पारसले लिनसँग बिहे नै गर्ने कुरा बताएका छैनन् । दसैंको टीका लगाउन काठमाण्डौं आउँदा प्रेमिकालाई सँगै ल्याउने सन्देश निरन्तर बाबुआमालाई पठाइरहेका थिए । दसैंका बेला लिनलाई ल्याएर कान्छी बनाउने क्रासले ज्ञानेन्द्र शाहको परिवारले पारसलाई फकाउने प्रयास गरेका हुन् ।
paras shahमुटुको विरामी भएकाले पारसलाई जबर्जस्ती गर्ने पक्षमा ज्ञानेन्द्रको परिवार छैन् । सकेसम्म सम्झाएरै पारसलाई लिनसँगको सम्बन्धबाट अलग गराउने प्रयास उनीहरुको छ ।
तर, पारसले निर्मलनिवासमा आफ्ना लागि छुट्टै घर बनाइदिन सन्देश पठाएको स्रोतलाई उदृत गर्दै नयाँ पत्रिकाले खबर छापेको छ । पूर्वयुवराज्ञी पारसलाई सम्झाउन बैंकक गएकी थिइन् भने उनी केही दिन अघि काठमाण्डौं फर्किएकी छन् ।

Write Comment Below: