घेराउ र नाराबाजीसँगै संविधान संशोधनमा छलफल

काठमाडौं : संसद्को मंगलबारको बैठकमा पनि मधेसी मोर्चाको घेराउ तथा नाराबाजीबीच नै  संविधान संशोधन विधेयकमाथि छलफल अघि बढाइएको छ।

अपरान्ह बैठक सुरु हुनसाथ मोर्चाका सांसदहरुले अवरोधको प्रयास गरे पनि छलफल रोकिएको छैन। नाराबाजीसँगै सांसदहरुले बोल्ने क्रम पनि चलिरहेको छ।

छलफलमा सहभागी सा‌सदहरुले मधेस आन्दोलनलाई सम्बोधन गर्न सरकारले संविधान संशोधन विधेयक ल्याइसकेको अवस्थामा अवरोध तथा आन्दोलन गर्नुको अर्थ नहुने बताएका थिए।

तत्कालीन कांग्रेस नेतृत्वको सरकारले दर्ता गराएको विधेयकलाई वर्तमान सरकारले मधेसी मोर्चाको घेराउ तथा विरोधबीच नै संसद्मा दर्ता र पेस गरेको थियो। संविधान संशोधन गर्ने विधेयकलाई पारित गर्ने प्रतिवद्धतासहित सरकारले तीन बुँदे निर्णय पनि गरिसकेको छ।

विधेयकमा राज्यका निकायमा समानुपातिक समावेशी सहभागिता सुनिश्चित गर्ने तथा जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने व्यवस्था उल्लेख छ।
annapurnapost

Write Comment Below: