काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँगको सरकारी समझदारी अनुसारको चार बुँदे रोडम्याप स्विकार गर्न भारतले आन्दोलनरत मधेसी मोर्चालाई दवाव दिएको छ ।
भारतले चारबुँदे रोडम्यापकै आधारमा सहमति गर्न सरकार र मधेसी मोर्चालाई दवाव दिएको हो । यसकालागि भारतीय राजदुत रणजिवत रायको गौप्य दौडधुप सुरु भैसकेको छ ।
सरकार र मधेसी मोर्चाबीचको वार्ता असफल भैरहेका बेला भारतीय राजदुत चारबुँदे रोडम्याम हातमा लिएर दौडाहा सुरु गरेका हुन् । रोडम्याम परराष्ट्रमन्त्री कमल थापा भारत गएका बेला तयार भएको हो ।
दौडका क्रममा राजदुत रायले प्रधानमन्त्री केपी शर्मा ओलीसँग करिब पौने दुई घण्टा संवाद गरेका छन् । त्यस्तै मधेसी मोर्चाका नेताहरुसँग पनि छलफल गरिरहेका छन् भने मधेसमा अर्कै गठबन्धन बनाएका जेपी गुप्ता समुहका नेताहरुसँग पनि राजदुतले छलफल गरेका छन् ।
बुधबार राजदुत व्यस्त भएसँगै सहमतिको सम्भावना बढेको एक नेताले बताए । राजदुत रायले भारत सरकारको चार बुँदे रोडम्यापमा सहमत भएको संकेत गर्दै सोहै अनुसार अघि बढ्न बताएका छन् ।
मोर्चाका नेताहरुलाई संविधान संशोधन विधेयक पनि पारित गर्न सहयोग गर्न आग्रह गरेका छन् । राजदुत रायण् दिल्लीकै आदेशमा गौप्य दौडाहामा लागेका हुन् ।
nepalsandesh
