आजै बेलुका नेपाल फर्कने कार्यक्रम रहेका थापाले भारतीय बिदेशमन्त्री सुष्मा स्वराज र भारतीय सुरक्षा सल्लाहकारसँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
भेटमा मन्त्री थापाले अत्यावश्कीय बस्तुको आयातमा भारतले कटौती गर्दा नेपालमा उत्पन्न मानवीय संकट र असहजतावारे भारतीय सरकारको ध्यानाकर्षण गराउने छन् ।
यस्तै थापाले तत्काल पारवहन अवरोधलाई सुचारु गराई नेपालको अवस्था सहज बनाउनेतर्फ कदम चाल्न पनि आग्रह गर्ने बताइएको छ । सुष्मा स्वराजसँगको भेटपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटघाटको लागि समय मिलाउने तयारीमा थापा रहेका छन् । उनी आजै राति ११ वजे स्पवदेश फर्कने छन् ।
nepalsandesh
