यस्तो गलफतीले पो रोकिएको रहेछ चीनबाट इन्धन ल्याउने कुरा

काठमाडौं – इन्धन आयातको व्यवसायिक सम्झौता गर्नुअघि चीन गएको नेपाल आयल निगम टोलीले दोहोरो करको विषयमा अझै कुरा मिलाउन सकेको छैन । निगम स्रोतका अनुसार चीनले व्यापारिक कारोबार गर्न हिच्कचाइरहेकाले करको विषयमा कुरा मिल्न नसकेको हो ।
‘चीनको स्थानीय करबारे छलफल व्यापक भइरहेको छ । चीनले दिन नमानेको र अनिच्छा देखाएकाले छलफलमै सीमित भइरहेको छ,’ ती स्रोतले भन्यो, ‘करका विषयमा सहमति हुने सम्भावना कम छ ।’चीनले स्थानीय कर छुट नदिँदा एक लिटरमा करिब १३ रुपैयाँ महँगो पर्छ ।

नेपाल भित्राउँदा भन्सार बिन्दुमा फेरि कर लाग्छ । जसले गर्दा उपभोक्ता दोहोरो मारमा पर्ने जनाइएको छ । निगमका अनुसार कर छुट नभए चीनको तेल नेपाल आउँदा प्रतिलिटर एक सय ८० रुपैयाँ सम्म पर्छ । जसले गर्दा चीनमा लाग्ने स्थानीय कर छुट हुनुपर्ने वाणिज्य तथा आपूर्ति मन्त्रालयको भनाइ छ ।

‘चीनबाट आयात हुने इन्धन भारतीय सहरकै मूल्यमा हुनुपर्ने हाम्रो माग छ । सोही अनुसार छलफल भइरहेको छ,’, मन्त्रालयका उच्च अधिकारीले भने, ‘यी सबै विषयमा प्राविधिक टोलीले छलफल गर्ने छ ।’ प्राविधिक टोली स्थानीय कर, मूल्य, रुट, नेपालले खरिद गर्न सक्ने या नसक्ने लगायत सबै विषय मिलाउने अधिकार छ ।

ratopati

Write Comment Below: