चीनबाट इन्धन ल्याउन नदिन प्रधानमन्त्रीकै मान्छे बालुवाटारमा लम्पसार

यतीबेला भारतले अघोषित नाकाबन्दी लगाएको छ भने अर्को छिमेकी मुलुक चीनबाट पनि इन्धन आयातको व्यापारीक सम्झौता हुन सकेको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले निकै जोडबल गरे पनि उनकै गुटका तीन जना नेताहरु चीनबाट तेल ल्याउन नदिने ग्राण्ड डिजाइनमा रहेको तथ्य खुलेको छ ।
ओलीका निकै घनीष्ट र विश्वास पात्रका रुपमा रहेका तीन नेताका कारण ओली पनि चीनसँग तेल ल्याउन हिच्कीचाउन थालेको स्रोतको दाबी छ ।
प्रधानमन्त्री केपी शर्मा ओली गुटकै र ओलीलाई अध्यक्ष बनाउन निकै सक्रिय भुमिका खेलेका ती नेताहरुको घेराबन्दीमा अहिले ओली फस्नलागेको एमाले स्रोतको दाबी छ ।
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँगको सम्झौता गर्ने मनासय बनाएका बेला भारतीय जनता पार्टीका नेता विजय जेली काठमाडौं आउनुको खास कारण पनि त्यही रहेको बताइन्छ ।
जेलीले प्रधानमन्त्री ओलीलाई भेटी चीनसँगको सम्झौता महंगो पर्ने र भारतसँगको पुस्तौंको व्यापार प्रभावित हुँदा नेपाली अर्थतन्त्रमा उतारचढाव आउने भएकाले सामान्य प्राविधिक विषय मिलाए नाका खोलीने जनाउ दिएका छन् ।
यसकालागि एमालेका तीन नेपाको प्रमुख र अन्य केही नेताहरुको सहयोगि भुमिका रहेको स्रोतको दाबी छ ।
ती नेताहरुको भारतसंग राम्रै हिमचीम रहेको र भारतको स्वार्थमा प्रधानमन्त्रीलाई फसाउन खोजेको विश्लेषण गरिएको छ ।
प्रधानमन्त्री भएपछि निकै कडा रुपमा नाकाबन्दीको विरोध गर्दै आएका प्धानमन्त्रीलाई उनीहरुले यसरी प्रस्तुत नहुन र भारतसँग सामान्य सम्झौता गरेर नाकाबन्दी खुलाउन पनि सल्लाह दिइरहेको स्रोतको भनाई छ ।
एमालेका प्रवासका नेता युवराज बास्कोटाले त एक दैनिक पत्रिकामा यस सम्बन्धी विचार नै प्रस्तुत गरेका छन् । उनले घुमाउरो भाषमा भारतसँगको सम्बन्धलाई पुन परिभाषीत गर्दै नाका सहज बनाउन जोड दिएका छन् ।
पार्टी भित्रको गोलचक्करमा फस्दै प्रधानमन्त्री ओलीले आम जनताको भावना विपरित निर्णय गर्नेछैनन् भन्ने आम सर्बसाधारणको बुझाई छ ।
नेकपा एमालेका बरिष्ठ नेता माधबकुमार नेपालले पनि भारतीय नाकाबन्दीको चर्को आलोचना गर्दै प्रधानमन्त्रीलाई सहयोग गरिरहेका छन् ।
उनले देशभर अभियान नै चलाएर जनताका बीचमा संविधानको विशेषताबारे जानकारी गराइरहेका छन् ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल पनि नाकाबन्दीका विरुद्धमा लागिपरेका छन् । उनको पनि प्रम ओलीलाई गतिलो साथ र समर्थन रहेको छ ।
प्रमुख प्रतिपक्षी कांग्रेसले ढुलमुले व्यावहार देखाए पनि जनताको विचमा नांगीने डर भएकाले भारतको नाकाबन्दीको विरोध नै गरिरहेको छ । यसकारण पनि प्रधानमन्त्रीलाई सहज वातावरण छ ।
तर, उनी सबैको सहयोग र समर्थन त्यागेर पार्टीका, त्यो पनि आफ्नै गुटका केही आलाकाचा भारतीय दलालहरुको चंगुलमा फसे भने भिर बाट लड्न लागेको गोरुलाई राम राम शिवाय केही भन्न सकिदैन भने जस्तै हुनेछ ।
र ओलीको उदय जसरी भएको थियो, उनको राजनीतिक अवसान पनि त्यसैगरि हुनेछ । यसकारण पनि ओलीले पछिल्ला गतिविधिबाट टाढै रहन सक्नुपर्छ ।
नाकाबन्दीको चर्को मार व्यहोरेपनि आम जनता सरकार विरोधी भएका छैनन् । बरु सरकारलाई स्वाधिनता हुने मन्त्र देउ अनि उत्तरतिरको नाका सहज गराउनका लागि लागिपर भनिरहेका छन् ।
तर, सरकार कछुवा शैलिमा हिडिरहेकाले समस्या पर्ने देखिन्छ । अनि प्रधानमन्त्री ओलीका बीचमा उदाएका नवभारतवादी नेताहरुको चंगुलबाट उनी उम्कन सक्नुपर्छ र आम नेपालीको आत्मसम्मानमा चोट दिन पाईंदैन ।
nepalsandesh

Write Comment Below: