नयाँदिल्लीस्थित तुगलक रोडमा बुधबार बसेको सर्वदलीय बैठकमा जनता दल यूनाईटेडका अध्यक्ष शरद यादवले नेपालमा नाकाबन्दी लगाएको विषयमा कुरा उठाएका हुन् ।
उनले भारतले लगाएको अघोषित नाकाबन्दीले नेपालमा जनजीवन कष्टकर बनेको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई किन नाकाबन्दी लगाएको भनि प्रश्न गरेका थिए ।
जवाफमा मोदीले नेपालको आन्तरिक मामिलाको कारण समस्या भएको भन्दै नेपालले समस्या समाधान गरे कुनै अवरोध नरहेको बताएका थिए ।
नयाँदिल्लीमा रहेका रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलासँगको कुराकानीमा अध्यक्ष यादवले नेपालको विषय संवेदनशील भएको कुरा बैठकमा उठेको भन्दै मधेसीहरूले उठाएको माग तत्काल वार्ताबाट टुङ्ग्याउनु पर्ने बताए ।
अध्यक्ष यादवले नेपालमा लागेको अघोषित नाकाबन्दीका विषयमा बिहीबारबाट बस्ने संसदको बैठकमा कुरा उठ्न सक्ने समेत बताए ।
dainiknepal
