अफ द रेकर्डमा भारतीय दूतावास भन्छ,नेपालले के चाहेको हो ?

शुक्रबार, ४ मंसिर
काठमाडौं । अत्यावश्यक स्वास्थ्य सेवासमेत प्रभावित हुने गरी भारतले लगाएको नाकाबन्दीको सर्वत्र आलोचना भइरहँदा भारतीय दूतावासले औषधि र उपकरणको सहज आपूर्तिका लागि पहल गर्ने आश्वासन दिएको छ।
राजधानीको सांग्रिला होटलमा बुधबार भारतीय दूतावासले आयोजना गरेको अफ द रेकर्ड अन्तक्र्रियामा सहभागी केही प्रभावशाली चिकित्सकले मान्छे मार्ने कामसमेत भारतको नाकाबन्दीबाट भएको’ बताएपछि नेपालका लागि भारतीय राजदूत रणजित रेले औषधि र उपकरणका लागि रोक नलगाउने आश्वासन दिएका हुन्।
स्रोतका अनुसार अन्तरक्रियामा सहभागी मानवअधिकारकर्मी पद्मरत्न तुलाधरले भारतबाट पूर्ण रूपमा नाकाबन्दी लगाउनुपर्ने र केही पनि नेपाल छिर्न दिन नहुने भन्दै राजदूतलाई आग्रह गरेपछि त्यहाँ उपस्थित डा। भगवान कोइराला आक्रोशित भएका थिए। त्यति नै बेला मधेसी जनताका तर्फबाट सहभागी पूर्वराजदूत विजय कर्णले मधेसीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा अपमानजनक व्यवहार गरिएको आरोप लगाएका थिए।
मधेसी आन्दोलनका अर्का समर्थक तथा पत्रकार तुलानारायण साहले चीनबाट वैकल्पिक आपूर्ति जारी रहे केरुङमा समेत नाकाबन्दी गर्ने धम्की दिएका थिए। स्रोतका अनुसार राजदूत रेले आक्रोशित हुँदै नेपालले के खोजिरहेको छ रु किन भारतीय नेताको पुतला जलाउने काम भइहरेको छरु किन भारतविरुद्ध अनियन्त्रित अभिव्यक्ति आइरहेका छन्रु भन्दै सहभागीलाई प्रश्न गरेका थिए।
अन्तरक्रियाका सहभागीमा सरकारविरोधीहरूको बाहुल्य भए पनि डा। कोइराला र अमेरिकाका लागि पूर्वराजदूत शंकर शर्माले नाकाबन्दीको खुलेरै आलोचना गरेका थिए। कार्यक्रममा सहभागी वरिष्ठ कूटनीतिज्ञ डा। भेषबहादुर थापा भने चुपचाप बसेका थिए।
प्रायोजितजस्तो देखिने अन्तरक्रियामा उपस्थितमध्ये धेरैले सरकारको आलोचना गर्न थालेकाले केही अतिथि असहज मानेर बाहिरिन खोजेको संकेत पाएपछि राजदूत रेले अन्तरक्रिया अफ द रेकर्डु भएको भन्दै खुलेरै नाकाबन्दी र मधेसी आन्दोलनबारे आफ्नो विचार राख्न आग्रह गरेका थिए।
पूर्ण रुपमा नाकाबन्दी लगाउनुस्, केही पनि छिर्न नदिनुस्।९पद्‍‌मरत्‍न तुलाधर,मानवअधिकारकर्मी
डा। सुन्दरमणि दीक्षितले भारतको खासै आलोचना नगरे पनि आफू दिल्ली गएका बेला नेपालले भारतलाई शत्रु बनाउनै खोजको हो त भन्ने प्रश्न धेरै भारतीयले सोधेको बताए। बिरामी छाडेर राजदूतको निम्तो मान्न पुगेका डा। कोइरालाले खुलेरै भारतीय नाकाबन्दी र मधेसी मोर्चाको आन्दोलनका कारण नेपालीले भोगेको पीडा, स्वास्थ्य क्षेत्रमा परेको मर्का र क्षतिबारे बोलेका थिए।
डा। कोइरालासँग सम्पर्क गर्दा ‘अत्यावश्यक सेवा रोकिएमा मधेसका मुद्दा जतिसुकै जायज भए पनि कमजोर हुँदै जान्छु भन्ने आशयको अभिव्यक्ति आफूले दिएको बताए।अन्तरक्रियाको थप विवरणबारे भने उनले बोल्न चाहेनन्। आजको अन्नपूर्णमा समाचार छ ।
nepalsandesh

Write Comment Below: