हजारौको संख्यामा निस्किएको र्यालीले दुहबीको विभिन्न क्षेत्रहरु परिक्रमा गरि मुख्य चौकमा कोणसभा गर्दैगर्दा मोर्चाका कार्यकर्ताहरुले आक्रमण गरी यार्ली बिथोल्ने प्रयास गरेका थिए । सो क्षेत्रमा स्थिति नियन्त्रण लिन प्रहरीले ६ राउन्ड हवाई फायर समेत गर्नुपरेको थियो ।
र्याली बिथोल्न पुगेका मधेसी मोर्चाका करीब ५ दर्जनबढी कार्यकर्ताहरुलाई नागरिक समाज र प्रहरी दुबैले बल प्रयोग गरी कार्यक्रमस्थलबाट लखेटेका थिए । मोर्चाका कार्यकर्ताहरुले सदभाव र्यालीमा लुकेर गुलेलीमा गुचा राखी प्रहार गरेको नागरीक समाज दुहबीबाट बुझिएको छ ।
प्रहरी बल प्रयोग पछि अक्रान्त बनेको मोर्चाका कार्यकर्ताहरुले शनिबार पुनः बिरामी बोकेको एम्बुलेन्समाथी तोडफोड मचाउनुका साथै चालकमाथी समेत निर्घात कुटपिट गरी गम्भिर बनाएका छन । मोर्चाका कार्यकर्ताहरुले बिराटनगरको गोल्डेन अस्पतालबाट रिफर गरीएको बिरामी लिएर धरान तर्फ आउदै गरेको को १ च ४७१५ नं को एम्बुलेन्स तोडफोड गर्नुका साथै एम्बुलेन्स चालक आनन्द बिकमाथी निर्घाट कुटपिट गरेका छन ।
कुटपिटबाट चालक बिकको अवस्था गम्भिर रहेको र उपचारको निमित्त प्रहरी रोहबरमा बिराटनगर पठाइउको इलाका प्हरी कार्यालय दुहबीका प्रहरी निरिक्षक कुमार पोख्रेलले बताए ।
यसैबिच नागरीक समाजले निकालेको बिशाल र्याली भाडन खोज्ने मधेसी मोर्चाका ५ जना कार्यकर्ताहरु पक्राउ परेको इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक शिव कुमार पोख्रेलले बताए ।
तराई , मधेसमा जारी मोर्चाको आन्दोलनलाई सम्बोधन गर्ने भन्दै सत्तारुढदलहरुबाटै प्रदेश नं १ बाट सुनसरी , मोरङ्ग टुक्रयाउने प्रस्ताव अघि सरेपछि दुबै जिल्लाहरुमा बिरोध र धर्नाका कार्यक्रमहरु सञ्चालन हुदै आएका छन् ।
www.ratopati
