काठमाडौं । एक सय दिनदेखि तराईमा जारी आन्दोलनले मात्रै पार नलाग्ने देखेपछि मधेसी मोर्चाले काठमाडौंमा पनि प्रदर्शन गर्ने भएको छ ।
मोर्चाले जनजाति पार्टीहरुको सहयोगमा काठमाडौंमा पनि जनप्रदर्शन गर्न लागेको हो । काठमाडौंमा प्रदर्शनका लागि मधेसी मोर्चालाई पाँचवटा जनजाति पार्टीहरुले सहयोग गर्नेछन् ।
तमलोपाको कार्यलय बिजुलीबजारमा बसेको बैठकले तराई मधेस, राजधानी र पूवपश्चिम राजमार्ग केन्द्रीत गरी देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको हो ।
काठमाडौंमा मोर्चा र जनजाति पार्टीहरुले मंसिर २७ गते शक्ति प्रदर्शनको तयारी गरेको हो । मधेसी र जनजातिले यही ७ गतेदेखि संयुक्त आन्दोलन गर्ने जनाइएको छ ।
मधेस आन्दोलनको १०० औं दिन पुगेको अबसरमा उनीहरुले माइतीघर मण्डलामा श्रद्धान्जली सभा गर्नुका साथै राजमार्ग केन्द्रित जनप्रदर्शन र सभा, ११ गते इटहरी, १३ गते बिराटनगर, १६ गते लालबन्दी, १७ गते ढल्केबर, १९ गते निजगढ, २० गते नवलपरासी, २१ गते बुटबल, २२ गते दाङ र २४ गते कैलालीको अत्तरियामा सभा गर्ने मोर्चाले निर्णय गरेको छ ।
nepalsandesh
