भारतीय राजदूतले धम्क्याएपछि मधेशका नेताहरु लम्पसार

शुक्रबार, ११ मंसिर

भारतीय अर्ध सैन्य बल एस एस बि का जवानहरु नेपाली सीमा क्षेत्रमा घुसपैठ गरी चार जना मधेशी नेपाली जनतामाथि गोली हानी घाइते वनाएपछि मधेशवादी दलहरु भित्रका केही नेता कार्यकर्ताहरुले त्यसको विरोधमा वक्तव्य दिनु पर्दछ भनेर आफ्ना प्रमुख नेताहरुलाई दवाव दिएका थिए ।
यो कुरा थाहा पाएर भारतीय राजदूतले उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र यादवलाई पालै पालो फोन गरेर यस गोलीकाण्डको विषयमा भारतलाई दोषी देखाउने गरी बक्तव्य नदिन निर्देशन दिए ।
भारतीय राजदूतले ती नेताहरुले यदि भारतको विरुद्ध बक्तव्य दिएमा नराम्रो हुने धम्कि पनि दिए ।
यदि भारतको विरुद्ध बक्तव्य दिएमा ती नेताहरुको खर्च वर्च रोकिदिने, भारत सरकार संग गरेका कारोवारहरु पत्रिकामा लिक गरिदिने तथा आवश्यक परे जे गर्न पनि तयार हुने धम्कि दिएपछि आफ्नै देश विरुद्ध भारत संग मिलेर नाकावन्दी गरिरहेका मधेशवादीदलहरुका नेताहरुले भारतीय राजदूत संग लम्पसार पर्दै त्यस गोली काण्ड विरुद्ध वक्तब्य नदिने वाचा गरे ।
यसपछि त्यस्तो जधन्य आतंककारी गोलीकाण्ड विरुद्ध समेत पनि मधेशवादी नेताहरु कसैले बक्तब्य नदिएको समाचार श्रोतको भनाइछ ।
यदि त्यहि गोलीकाण्ड नेपाली सेना वा प्रहरीले गरेको भए ती नेताहरुले अहिले सम्ममा बक्तव्यवाजी मात्र होइन, कयौं हिंसात्मक घटना सहितको आन्दोलन गरिसकेका हुनेथिए ।
यस गोलीकाण्डवाट ती नेताहरु मधेशका मसीहा नभएर भारतीय दलाल भएको पुष्टि हुन्छ भन्ने पर्यवेक्षकहरुको दावी छ ।
nepalsandesh

Write Comment Below: