भारतको मुम्बईमा यसरी गरियो अबला युवतीमाथि बलात्कार

शुक्रबार, ११ मंसिर
एजेन्सी । मुम्बई भएको एक अनुसन्धानमा  पुलिसले चार स्कुले युवकहरुलाई  सहपाठी युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा गिरफ्तार गरेको छ ।
मुम्बई पुलिसले बताए अनुसार सामूहिक बलात्कारको यो सिलसिला आठ नोभेम्बरबाट  शुरु भएको थियो ।
यहि बुधवार भएको खुलासा अनुसार गिरफ्तार गरीएका सबै छात्रहरु १५ देखि १६ वर्षको रहेको बताएको छ ।
मलाड पुलिस चौकीका वरिष्ठ पुलिस निरीक्षक शशांक सांडभोर बताए अनुसार , ‘यी आरोपित छात्रहरुले सहपाठी ती युवतीलाई घरमा कोहि नभएको बेलामा पढ्न भनेर बोलाएर सामुहिक बलात्कार गरेका थिए । ‘
अभियुक्तहरुले यो बलात्कारको घटनाको भिडियो रेकर्डिङ पनि गरेका थिए । प्रहरीले बताए अनुसार ती युवकहरुले त्यहिँ भिडियोलाई सोसियल मिडियामा हालेर बेईजत गरिदिने भनेर युवतीलाई धम्कि दिई पटक पटक बालात्कर गरेको खुल्न आएको छ । साथै त्यो भिडियो अभियुक्तहरुले व्हाट्स ऐपमा पनि राखिदिएका थिए ।
पुलिसले बताए अनुसार पिडित युवतीको बाबुको मृत्यु भैसकेको र आमा भने विदेशमा काम गरिरहेको छिन् । युवती मुम्बईमा आफ्नो हजुरआमा बहिनी र सानिमा संग बस्दै आएकी थिईन् ।
व्हाट्सऐपमा राखिएको त्यो भिडियो भाईरल भएर लाखौ मानिसले हेरिसकेपछि युवतीको सानिमासम्म पनि त्यो भिडियो आएपछी सानिमा स्तब्ध बनिन् । त्यसपछि ती युवतीलाई सानिमाले यो बारेमा सोधेपछि उनले सबै कुरा खोलेकी हुन् ।
त्यसपछि सानिमाले तुरुन्त मलाड प्रहरी चौकीमा उजुरी गरेकी थिईन । त्यसपछि पुलिसले ती युवकहरुलाई गिरफ्तार गरेको हो ।
सांडभोर अनुसार , ”चार अभियुक्तहरुलाई अदालतमा पेश गरिसकिएको छ ,त्यसपछि उनीहरुलाई  डोगरीको बाल सुधारगृहमा पठाईएको छ । त्यो घटनाको खोज अनुसन्धान अझै पनि भैरहेको जनाईएको छ । ”
nepalsandesh

Write Comment Below: