बिहार निर्वाचनमा लज्जास्पद हारपछि मोदीको पार्टीमा रडाको, बिद्रोको धम्की

एजेन्सी – अमेरिकाका संस्थापक पिता थोमस जेफर्सनले एकपटक भनेका थिए,‘बारम्बारको हल्का बिद्रोह राम्रो विषय हो र राजनीतिमा काम पनि लाग्छ तर ठूलो बिद्रोहले राजनीतिक उथलपुथल ल्याउँछ ।’

जेफर्सनको भनाइ मोदीको सन्दर्भमा समय सान्दर्भिक हुन सक्छ । अहिले मोदीविरुद्द पार्टीभित्रै ठूलै विद्रोहको संकेत देखिएको छ ।

दिल्ली र बिहार विधानसभा निर्वाचनमा लज्जास्पद हार भएपछि भारतको सत्तासीन भारतीय जनता पार्टी (भाजपा)मा देखिएको असन्तोष वा परितोष हटाउन सानो बिद्रोहको आवश्यकता देखिन्छ ।

मंगलबार साँझ मात्र भारतको पूर्वउपप्रधानमन्त्री एलके आणबाणीले नेतृत्व गरेको चार वरिष्ठ नेताहरुको समूहले प्रधानमन्त्री मोदी र अध्यक्ष अमित साहको चर्को आलोचना गरे । ‘पछिल्लो समय पार्टी पंक्तिभित्र देखिएको जोसहीनता नै पार्टी पराजयको मुख्य कारक तत्व हो,’ नेताहरुले संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन् ।
अहिले मोदीमाथि चौतर्फी आलोचना भइरहेको छ, स्वदेश अनि विदेश दुवै ठाउँमा । त्यसो त मोदीको प्रचार गरिएको तीनदिने बेलायत भ्रमणको पूर्वसन्ध्यामा उनी उनीमाथि नयाँ दिल्लीमा कठोर आलोचना गरिएको थियो, आजको राजधानी दैनिकमा खबर छ ।

ww.ratopati

Write Comment Below: