सत्ता गठबन्धन दलहरुको साठगाँठका आधारमा बिहीबारको संसदमा संसदीय परम्परा विपरीत प्रतिपक्षी एवं सबभन्दा ठूलो दललाई पहिला बोल्न नदिएको भन्दै कांग्रेस नेताहरुले सभामुख घर्तीको भूमिकालाई लिएर पहिलोपटक आलोचना गरेको कान्तिपुर दैनिकले समचार छापेको छ ।
सभामुख घर्तीले विहिबारको संसद बैठकमा प्रमुख प्रतिपक्ष कांग्रेसभन्दा अघि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई बोल्न समय दिएपछि विवाद भएको हो ।
बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले आफूहरुले बोल्न पाउनु पर्ने माग राख्दै उठेका थिए ।
तर, सभामुख घर्तीले यादवलाई बोल्न समय दिएपछि कांग्रेस सांसदहरुले संसदीय मुल्य र मान्यता विपरीतको अभ्यास भएको भन्दै संसदमा होहल्ला गरी बैठक चल्न दिएनन ।
dainiknepal
