रंगेलीवाट विराटनगरतर्फ विरामी लिएर जाँदै गरेको को १ च ७३७९ नम्वरको एम्वुलेन्समा वन्दकर्ताले तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
१०/१२ जनाको संख्यामा रहेका आन्दोलनबारीले ब्न्दमा एम्वुलेन्स चलाएको भन्दै एक्कासी एम्वुलेन्समाथि तोडफोड गरेका थिए । ढुंगा प्रहारवाट सिसा लागेर विरामी बालक समेत घाइते भएका छन् ।
विरामी तथा चालकलाई निस्कने समेत नदिई एम्वुलेन्समा ढुंगा मुढा गरेका थिए । बन्दकर्ताको आक्रमणवाट रंगेली वचत तथा ऋण सहकारी संस्थाको सो एम्वुलेन्सका सवै सिसा फुटेको छन । घटनापछी एम्वुलेन्स चालकहरुले सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका छन् ।
dainiknepal
