गृहजिल्ला जाजरकोटमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै राजनीतिक वार्ताबाट निकास ननिस्कने स्थिती देखिएकाले मधेस आन्दोलनमा अब बल प्रयोग गरिने चेतावनी दिनुभएको हो । उहाँले भन्नुभयो- ‘राजनीतिक र कुटनीतिक पहलबाट असहज परिस्थितिको समाधान नभए विद्यमान कानुन अनुसार बल प्रयोग गरिने छ । त्यसका लागि सेना परिचालनको तयारी समेत भइरहेको छ ।’
वार्ताबाट समस्याको समाधान गर्न सरकार लचिलो रहेको जानकारी दिदै मन्त्री बस्नेतले त्यसबाट पनि निकास नआए कानुनको प्रयोग गरेर भएपनि छिट्टै समस्याको समाधान खोजिने चेतावनी दिनुभयो ।
मधेस आन्दोलन देश तथा जनताको लागि नभई सत्ता र कुर्सीका लागिमात्र भएको आरोप लगाउँदै उहाँले त्यसका लागि नेपाली जनताले बलिदानी गर्न नसक्ने बताउनुभयो । ‘मधेश आन्दोलनको नाममा नेपाली जनताले स्वाभीमान तथा पहिचान गुमाउन चाहदैनन्’, उहाँले भन्नुभयो– ‘देशको स्वाभीमान र स्वाधीनतालाई धरापमा पारेर बार्ता हुँदैन ।’
भारततर्फ संकेत गर्दै उहाँले ऐतिहासिक संविधानमा कसका माग कति सम्बोधन भए भन्दा पनि संविधान बनेको गुनासो बढी रहेको बताउँदै संसारकै उत्कृष्ट संविधानमा सबै पक्षका माग समेटिएको दावी गर्नुभयो । यद्यपी बिभिन्न क्षेत्र तथा वर्गका गुनासो संविधानबाटै सम्बोधन हुने उहाँको भनाई छ ।
dainiknepal
