महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका प्रवक्ता नारायणप्रसाद काफ्लेले आज (बिहीबार) विज्ञप्ति जारी गरेर भोलि शुक्रबार राजधानीको चक्रपथमा गर्ने भनिएको मानव साङ्लोमा बाललबालिकाको प्रयोग नगर्न आग्रह गर्नुभएको हो ।
उहाँले मानव साङ्लोका नाममा बालबालिकाको प्रयोग गरिए त्यसले बालबालिकाको मावन अधिकार हनन हुनेभन्दै कानुन विपरितका कुनै पनि कार्य नगर्न सबै पक्षसँग आग्रह गर्नुभएको छ ।
बालबालिकाले पढ्न पाउनु पर्ने माग गर्दै निजी विद्यालय सञ्चालक र विद्यार्थी संगठनहरूसहितका संस्थाले शुक्रबार राजधानीको चक्रपथमा मानव साङ्लो बनाइ दबाव दिने जनाएका छन् ।
तर यो मावन साङ्लोलाई लिएर सरकारले गम्भीर आपत्ति जनाएपछि आयोजक झस्किएका छन् ।
dainiknepal
