मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesसोचेको फाइदा नहुन सक्छ। काम र पठन–पाठनमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्न सक्छन्। तपाईंको कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन् । विवाद बढ्ने सम्भावना छ। विगतको श्रमबाट भने लाभ हुनेछ। काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusविभिन्न अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। मौकाको फाइदा उठाउन नसकिएला। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुहोला। भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiकेही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा थप लगानी बढाउन सकिनेछ। वैदेशिक कामकाजमा फाइदा होला। मनको डर उत्साहमा रूपान्तरित हुने योग छ। टाढाको यात्रा गर्ने मौका छ। दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ। पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ। अनुकूल स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerव्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। नयाँ जिम्मेवारी पाइएला। लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ। पारिवारिक आवश्यकता पूर्ति होला। श्रमको उचित मूल्यांकन हुनेछ। पितृधनको उपयोगबाट विशेष फाइदा होला। सोचेभन्दा बढी नै लाभ हुने योग छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoअवसरका लागि जोखिमपूर्ण वा तत्काल लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। कामको सन्दर्भमा शक्तिशाली व्यक्तित्वहरूसँग प्रतिस्पर्धा हुन सक्छ। नोकरी र राजनीतिमा लाग्नेहरूलाई पनि समय चुनौतीपूर्ण नै देखिन्छ। अरूको विश्वास जिते पनि आफन्तबाट धोका पाइएला। मानसम्मानमा आघात वा अनावश्यक ठाउँमा खर्च हुने योग छ, सचेत रहनुहोला।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoआस मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन्। व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ। भाग्योन्नतिको समय छ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraअप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ। सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन्। आस मारेको फल पुनः प्राप्त हुन सक्छ। गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ। कठिन चुनौती सामना गर्नुपर्ला।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioसुन्दर पहिरनले अरूको मन लोभ्याउन सकिनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। मनपर्ने भौतिक साधन जोड्ने समय छ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। विभिन्न अवसरले मन प्रसन्न रहनेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ। अतिथिको रूपमा सत्कार समेत पाइने सम्भावना छ। मनग्य धनलाभ हुनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusसफलताका लागि प्रतिस्पर्धा गर्नुपर्ने समय छ। शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती समेत सामना गर्नपर्ला। तापनि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। व्यापार तथा उद्योगतर्फ फाइदाकै योग छ। यात्राको व्यवस्थापनमा खर्च हुनेछ। द्वन्द्व तथा प्रतिस्पर्धामा सावधानीसाथ जुट्नुपर्नेछ। व्यावसायिक काममा फाइदा उठे पनि तत्काल खर्च समेत गर्नुपर्ला।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornपढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। दिन उत्साहपूर्ण रहला। सुखद समाचार सुन्न पाइनेछ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ। व्यापारमा भने कम मात्र फाइदा होला। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusरचनात्मक कार्यमा रुचि बढ्नेछ। पारिवारिक भेटघाटले आनन्द प्राप्त हुनेछ। टाढिएका आफन्तहरू पनि नजिकिनेछन्। घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ। मित्रजनसँग भेटघाट होला। सरसफाइ तथा घरायसी काममा आकर्षित भइनेछ। कृषि तथा पशु व्यवसायबाट पनि राम्रै लाभ हुने समय छ। प्राकृतिक पर्यावरण वा एकान्तमा मन रमाउनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesपरिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। सहयोगीहरूले समेत हात झिक्नाले केही अप्ठ्यारोमा परिनेछ। सञ्चित रकम खर्च गर्नुपर्ने आवश्यकता पर्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। पारिवारिक असमझदारीले पनि काममा अप्ठ्यारो पर्न सक्छ। तापनि, मेहनत गर्दा फाइदै हुनेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन भने खिन्न रहनेछ।
