सिन्धुपाल्चोकका सरकारी अधिकारीहरुलाई नाका खोल्ने तयारी स्वरुप चीनको नेल्ह्ममा बोलाएको चीनले दीपक्षिय वार्ताका क्रममा चीन चाढै तातोपानी नाका खोल्न लागेको बताएको सिन्धुपाल्चोक प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीले बताएका हुन् ।
बुधबार चीनको जिल्ला अधिकारी र सिन्धुपाल्चोकका अधिकारीहरुबिच नाका संचालनको तयारी बैठक बसेको थियो । गत महाभूकम्पको क्षतिको कारण चीनले आफ्ना सरकारी कार्यालय र खासा बजारका स्थानीय बासिन्दाहरुलाई स्थानान्तरण गरिसकेको कारण नाका खोल्न ढिला भएको जनाएको थियो भने नेपाली अधिकारीहरुले नेपालमा संकटको स्थिति भएकाले तत्काल नाका स.चालन गरी व्यापारिक कारोबार संचालन गर्न आग्रह गरेका थिए ।
वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पूनले चीन भ्रमणको क्रममा तत्काल संकट हल गर्न तातोपानी नाका संचालनका लागी आग्रह गर्नुको साथै चीनको एक प्रविधिक टोलीलाई नाका र बाटो अवस्था बुझ्न नेपाल पठाएका थिए । उक्त टोलीले काठमाडौंदेखि तातोपानी हुँदै ल्हासासम्मको सडक मार्ग भाइटिकाको दिन अवलोकन गरेको थियो ।
त्यही प्रविधिक टोलीको सुझाव पछि चीन तातोपानी नाका सूचारु गर्न तयार भएको हो । चीनीया पक्षका अनुसार शुक्रबारदेखि नै सिगात्से सारिएका सरकारी कार्यालयहरु खासा ल्याउने प्रक्रिया सुरु हुनेछ । गिरीका अनुसार केहीदिनमै चीनले तातोपानी नाका खोल्नेछ ।
khabardabali. भिडियो हेर्न तलको बाकस थिच्नुहोस
